BIZMANDU
www.bizmandu.com

डोटीमा प्रेम आलेको ‘ह्याट्रिक’ जित, पराजित भइन् एमालेकी गौरीकुमारी ओली

२०७९ मंसिर ८

डोटीमा प्रेम आलेको ‘ह्याट्रिक’ जित, पराजित भइन् एमालेकी गौरीकुमारी ओली
डोटीमा प्रेम आलेको ‘ह्याट्रिक’ जित, पराजित भइन् एमालेकी गौरीकुमारी ओली


कैलाली। प्रतिनिधिसभा अन्तर्गत डोटीबाट नेकपा (एकीकृत समाजवादी)का नेता प्रेमबहादुर आले मगर विजयी भएका छन्।

Tata
Global Ime

नेकपा (एमाले)की गौरी कुमारी ओलीलाई ४ हजार २ सय ६ मतान्तरले पराजित गरी डोटीबाट आलेले तेस्रो पटक संसद्का ढोका खोलेका हुन्।

समाजवादीका पोलिटब्यूरो सदस्य समेत रहेका पूर्व मन्त्री आलेले २७ हजार २ सय १० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ओलीले २३ हजार ४ मत ल्याइन्।

आलेको संघीय सांसदको रूपमा लगातार यो तेस्रो जित हो। यसअघि, २०७० सालको संविधान सभा निर्वाचन र २०७४ को निर्वाचनमा आले डोटी बाटै विजयी बनेका थिए।