BIZMANDU
www.bizmandu.com

कांग्रेसका भरत कुमार शाहलाई पछि पार्दै रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

२०७९ मंसिर ८

कांग्रेसका भरत कुमार शाहलाई पछि पार्दै रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी
कांग्रेसका भरत कुमार शाहलाई पछि पार्दै रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी


रुपन्देही। रुपन्देही-५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन्। उनले नेपाली कांग्रेसका भरत कुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गरेका हुन्।

Tata
Global Ime

गत आइवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले जानकारी दिए। कांग्रेसका शाह यसअघिका तीन निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

एक लाख २९ हजार एक सय ३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार सात सय ३६ मत खसेको थियो।