BIZMANDU
www.bizmandu.com

युनाइटेड इदी मर्दीले पहिलो पटकको लाभांश नगद दिने, साधारण सभाबाट पारित गर्दै

२०७९ मंसिर ८

युनाइटेड इदी मर्दीले पहिलो पटकको लाभांश नगद दिने, साधारण सभाबाट पारित गर्दै
युनाइटेड इदी मर्दीले पहिलो पटकको लाभांश नगद दिने, साधारण सभाबाट पारित गर्दै

काठमाडौं। युनाइटेड इदी मर्दी हाइड्रोपावरले सेयरधनीलाई पहिलो पटक लाभांश वितरण गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्षका लागि १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

Tata
Global Ime

कम्पनीले सेयरधनीलाई नगद दिने जनाएको छ। प्रस्तावित सम्पूर्ण लाभांश दर नगद हो। कर पनि लाभांश मै समावेश गरिएको छ।

यो विशेष प्रस्तावलाई अनुमोदन गर्न कम्पनीको बोर्डले साधारण सभा पनि डाकेको छ। सभा मंसिर २८ गते बस्दैछ।

लाभांश र साधारण सभाको प्रयोजनलाई मंसिर १६ गते बुक क्लोज तय भएको छ। जस अनुसार मंसिर १५ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।