BIZMANDU
www.bizmandu.com

शाइन रेसुङगा डेभलपमेन्ट बैंकको लाभांश दर बढ्यो, १३.३० प्रतिशत बोनस सेयर दिने घोषणा

२०७९ मंसिर ८

शाइन रेसुङगा डेभलपमेन्ट बैंकको लाभांश दर बढ्यो, १३.३० प्रतिशत बोनस सेयर दिने घोषणा
शाइन रेसुङगा डेभलपमेन्ट बैंकको लाभांश दर बढ्यो, १३.३० प्रतिशत बोनस सेयर दिने घोषणा

काठमाडौं। शाइन रेसुङगा डेभलपमेन्ट बैंकको लाभांश दर बढेको छ। बैंकले गत आर्थिक वर्षका लागि १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

Tata
Global Ime

यस अघि बैंकले ११.५ प्रतिशत लाभांश दिएको थियो। प्रस्तावित मध्ये बैंकको बोर्डले १३.३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। बाँकी ०.७० प्रतिशत करका लागि नगद हो।

प्रस्तावित लाभांश दर बैंकको कायम चुक्ता पुँजीमा हो। अहिले बैंकको चुक्ता पुँजी ३ अर्ब ७८ करोड रुपैयाँ छ। जुन बोनस वितरणपछि ४ अर्ब ४८ करोड रुपैयाँ भन्दा धेरै हुनेछ।

लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन्।