BIZMANDU
www.bizmandu.com

मन्दाकिनी हाइड्रोपावरले २.९ मेगावाटको माथिल्लो सार्दी निर्माण गर्ने, १८ महिनामा उत्पादन 

२०७९ मंसिर ८

मन्दाकिनी हाइड्रोपावरले २.९ मेगावाटको माथिल्लो सार्दी निर्माण गर्ने, १८ महिनामा उत्पादन 
मन्दाकिनी हाइड्रोपावरले २.९ मेगावाटको माथिल्लो सार्दी निर्माण गर्ने, १८ महिनामा उत्पादन 


काठमाडौं। कास्कीको माच्छ्रापुच्छ्रे गाउँपालिका पहिचान भएको २.९ मेगावाटको माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ।

Tata
Global Ime

मन्दाकिनी हाइड्रोपावरले यो आयोजना निर्माण अघि बढाउन लागेको हो। प्रस्तावित आयोजनाको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार भइसकेको छ। विद्युत विकास विभागले एक सुचना निकालेर आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५  दिनभित्र लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ।

यो आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको हो। जसको डिजाइन वहाब १.३१ घनमिटर प्रतिसेकेण्ड रहनेछ। कुल हेड २७४ मिटर रहेको छ। आयोजनाबाट बार्षिक सरदर १९.९६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ। 

आयोजनाको मुख्य संरचनाहरु सार्दी खोलाको दायाँ किनारमा पर्छ। विद्युत उत्पादनका लागि सार्दी खोला र कुत्मी खोलाको पानी प्रयोग हुनेछ। ३.७ किमी ३३ केभी प्रसारणलाइन मार्फत प्रस्तावित सार्दी खोला जलविद्युत आयोजनाको स्वीचयार्डमा जोडिनेछ र दुवै आयोजना विद्युत प्राधिकरणको लाहाचोक सवस्टेसन मार्फत राष्ट्रिय प्रणालीम जोडिनेछ। 

आयोजनाको निर्माण अवधि १८ महिना रहेको छ।