BIZMANDU
www.bizmandu.com

कमल थापा र गठबन्धनकी डीनालाई पन्छाए राप्रपाका दीपक सिंहले, अन्तिम समयमा ‘सरप्राइज’ जित

२०७९ मंसिर ८

कमल थापा र गठबन्धनकी डीनालाई पन्छाए राप्रपाका दीपक सिंहले, अन्तिम समयमा ‘सरप्राइज’ जित
कमल थापा र गठबन्धनकी डीनालाई पन्छाए राप्रपाका दीपक सिंहले, अन्तिम समयमा ‘सरप्राइज’ जित


हेटौंडा। मकवानपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंह निर्वाचित भएका छन्। हारको इतिहास मेट्दै २७ हजार ८१४ मत पाएर सिंह विजयी भएका हुन्।

Tata
Global Ime

सूर्य चिह्न लिएर मैदानमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४३४ मतमात्र पाए। यता गठबन्धनबाट उम्मेदवार रहेकी महालक्ष्मी उपाध्यक्ष डिनाले तेस्रो स्थानमा चित्त बुझाएकी छिन्। डिनाले २५ हजार ४२० मत प्राप्त गरिन्।

९१ हजार ४८६ मत खसेकोमा दीपकले २ हजार ३९४ मतान्तरका साथ जित निकालेका हुन्।

सुरुमा गठबन्धनकी डीनाले अग्रता कायम गरे पनि पछि दीपक सिंहले सरप्राइज जित निकालेका हुन्। उनको जितपछि अहिले हेटौंडमा यो मन त मेरो नेपाली हो गीत घन्काउँदै विजयोत्सव सुरु भएको छ।