BIZMANDU
www.bizmandu.com

इम्बोस्ड नम्बर प्लेट जडान दुई दिनका लागि बन्द हुने, युपीएस मर्मत गर्दै यातायात व्यवस्था विभाग

२०७९ मंसिर ८

इम्बोस्ड नम्बर प्लेट जडान दुई दिनका लागि बन्द हुने, युपीएस मर्मत गर्दै यातायात व्यवस्था विभाग
इम्बोस्ड नम्बर प्लेट जडान दुई दिनका लागि बन्द हुने, युपीएस मर्मत गर्दै यातायात व्यवस्था विभाग


काठमाडौं। यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान दुई दिनका लागि बन्द गर्ने भएको छ।

Tata
Global Ime

विभागले बिहीबार एक सूचना जारी गर्दै सर्भरमा विद्युत आपूर्ति प्रणाली युपीएस मर्मत गर्नुपर्ने भन्दै मंसिर ९ देखि ११ गतेसम्म इम्बोस्ड नम्बर प्लेट जडान बन्द गर्ने जानकारी दिएको छ।

भोलिदेखि दुई दिन अब इम्बोस्ड नबंर प्लेट जडानको अनलाइन प्रणाली बन्द हुनेछ।

विभागका अनुसार यातायात कार्यालयबाट प्रदान गरिने सेवाहरु समेत यो अवधिभर अवरुद्ध हुनेछ। इम्बोस्ड नम्बर प्राप्त गर्नका लागि अनलाईनबाट फारम भर्नुपर्छ।

सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य लिएकोमा हालसम्म ३० हजार सवारीसाधनले मात्रै लिएको तथ्यांक छ।