BIZMANDU
www.bizmandu.com

स्मार्ट च्वाइस र सनराइज बैंकबीच सम्झौता, स्मार्ट क्यूआरबाट भुक्तानी गर्न मिल्ने

२०७९ मंसिर ८

स्मार्ट च्वाइस र सनराइज बैंकबीच सम्झौता, स्मार्ट क्यूआरबाट भुक्तानी गर्न मिल्ने
स्मार्ट च्वाइस र सनराइज बैंकबीच सम्झौता, स्मार्ट क्यूआरबाट भुक्तानी गर्न मिल्ने

काठमाडौं। स्मार्ट च्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच व्यवसायिक सम्झौता भएको छ। सम्झौता डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरेर स्मार्ट क्यूआर प्रयोगमा ल्याउन भएको हो।

Tata
Global Ime

अब मोबाइल बैंकिङ एप सनराइज स्मार्ट प्लस प्रयोग गरेर कुनै पनि वस्तु तथा सेवा खरीद गर्दा क्यूआरमार्फत गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सम्झौतापत्रमा स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ दिलिप मैनालीले हस्ताक्षर गरे।