BIZMANDU
www.bizmandu.com

पूर्व अर्थमन्त्री र योजना आयोगका पूर्व उपाध्यक्ष हराउँदै चितवन १ बाट रास्वपाका ढकाल निर्वाचित

२०७९ मंसिर ८

पूर्व अर्थमन्त्री र योजना आयोगका पूर्व उपाध्यक्ष हराउँदै चितवन १ बाट रास्वपाका ढकाल निर्वाचित
पूर्व अर्थमन्त्री र योजना आयोगका पूर्व उपाध्यक्ष हराउँदै चितवन १ बाट रास्वपाका ढकाल निर्वाचित


भरतपुर। चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्। नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन्।

Tata
Global Ime

ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरे। नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरे।

उक्त क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो। यसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ।

 उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा (एमाले)का जगन्नाथ थपलिया विजयी भएका छन्। थपलियाले १७ हजार छ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार सात सय १२ मत पाएका थिए। यस प्रदेशमा ४३ हजार आठ सय ३६ मत खसेको थियो।

यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा (एकिकृत समाजवादी)का कृष्णप्रसाद खनाल विजयी भएका छन्। खनालले १५ हजार पाँच सय सात मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार सात सय ६८ मत प्राप्त गरे। यस प्रदेशमा ५१ हजार एक सय ३६ मत खसेको आयोगले जनाएको छ। रासस