BIZMANDU
www.bizmandu.com

चुनावका कारण ८ दिनदेखि बन्द रहेको सवारी लाइसेन्सको अनलाइन आवेदन मंसिर ११ देखि खुला हुने

२०७९ मंसिर ८

चुनावका कारण ८ दिनदेखि बन्द रहेको सवारी लाइसेन्सको अनलाइन आवेदन मंसिर ११ देखि खुला हुने
चुनावका कारण ८ दिनदेखि बन्द रहेको सवारी लाइसेन्सको अनलाइन आवेदन मंसिर ११ देखि खुला हुने


काठमाडौं। आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली खुला हुने भएको छ।

Tata
Global Ime

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण मंसिर १ गतेदेखि बन्द रहेको अनलाइन आवेदन प्रणाली १० दिनपछि खुला गर्न लागिएको हो।

सरकारले यातायात व्यवस्था विभागका कर्मचारीहरु निर्वाचनमा परिचालन गरेपछि आवेदन प्रणाली केही समयका लागि बन्द गरिएको थियो।

 निर्वाचनमा परिचालन भएका कर्मचारीहरु फर्किन थालेकाले आइतबारदेखि  पुरानै अवस्थामा आवेदन खुला हुने विभागले विज्ञप्तिमार्फत जनाएको छ।