काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन गरेको छ। प्रस्तावित ६ प्रतिशत बोनस सेयरका आधारमा बैंकको सेयर समायोजन भएको हो।
समायोजनपछि सेयर मूल्य २१४.२५ रुपैयाँ पुगेको छ। आइतबार कम्पनीको सेयर कारोबार सोही मूल्यबाट सुरु हुनेछ। नेप्सेले अन्तिम कारोबार मूल्य २२७.१० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो।
कम्पनीको आज बुक क्लोज हुँदैछ। साधारण सभा मंसिर २३ गतेका लागि तय भएको छ। जसअनुसार बिहीबारसम्म कायम सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन्।
बैंकले गत आर्थिक वर्षका लागि २०.९५ प्रतिशत लाभांश बाँड्ने घोषणा गरेको छ। जसमध्ये ६ प्रतिशत मात्र बोनस सेयर हो। बाँकी बैंकले नगद दिँदैछ।
ग्लोबलले बैंक अफ काठमाण्डूलाई समान हैसियतमा गाभ्दै पनि छ।