BIZMANDU
www.bizmandu.com

साँगा-धुलिखेल सडक विस्तारको ठेक्का लामा कन्स्ट्रक्सनलाई, साढे ४ अर्ब रुपैयाँ लागत

२०७९ मंसिर ९

साँगा-धुलिखेल सडक विस्तारको ठेक्का लामा कन्स्ट्रक्सनलाई, साढे ४ अर्ब रुपैयाँ लागत
साँगा-धुलिखेल सडक विस्तारको ठेक्का लामा कन्स्ट्रक्सनलाई, साढे ४ अर्ब रुपैयाँ लागत


काठमाडौं। सूर्यविनायक- धुलिखेल सडक विस्तार आयोजनाको पहिलो खण्डको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ। कम्पनीले साँगा-धुलिखेल सडक विस्तारको ठेक्का पाएको हो।  

Tata
Global Ime

लामा कन्स्ट्रक्सनले ४ अर्ब ५६ करोड रुपैयाँमा सो खण्डको सडक विस्तार गर्न जिम्मा पाएको आयोजनाले जनाएको छ। आयोजना प्रमुख रवीन्द्रलाल दासले पहिलो खण्डको सडक विस्तारका लागि आह्‍वान गरिएको ठेक्कामा ५ वटा निर्माण व्यवसायीको आवेदन परेको थियो।

'यो ठेक्कामा ५ वटा निर्माण कम्पनीले मात्र आवेदन दिएका थिए,' उनले भने, 'तर ती निर्माण व्यवसायीबाट पेस भएका आर्थिक प्रस्तावमा सबैभन्दा कम लामा कन्स्ट्रक्सनको परेकाले ठेक्का दिइएको हो।'

ठेक्कामा आवेदन दिने निर्माण कम्पनीहरुमा लामा कन्स्ट्रक्सन, शर्मा एण्ड कम्पनी, आशिष कन्स्ट्रक्सन, स्वच्छन्द निर्माण सेवा थिए।

आयोजनाको ठेक्कामा अन्तर्राष्ट्रिय कम्पनी भने सहभागी भएनन्। पछिल्लो पटक संशोधन भएको सार्वजनिक खरीद ऐनले ५ अर्बभन्दा कम लागानीका ठेक्कामा नेपाली निर्माण कम्पनी मात्र सहभागी हुन पाउने प्रावधान बनाएको छ। 

अब यो खण्डको निर्माण कार्य एक महिनाभित्र सुरु हुने दासले बताए। 

आयोजनाले साँगादेखि धुलिखेलसम्मका लागि अनुमानित ४ अर्ब ८९ करोड रुपैयाँ लागतमा भदौ १४ गते ठेक्का आब्हान गरेको थियो। ठेक्का पाउने निर्माण व्यवसायीले ३ वर्षभित्र निर्माण पुरा गर्नुपर्ने र निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको जिम्मा समेत लिनुपर्ने छ।