BIZMANDU
www.bizmandu.com

सडक विभागको भवन निर्माणका लागि १२ कम्पनीको प्राविधिक प्रस्ताव पास. कुन-कुन कम्पनी छानिए ?

२०७९ मंसिर ९

सडक विभागको भवन निर्माणका लागि १२ कम्पनीको प्राविधिक प्रस्ताव पास. कुन-कुन कम्पनी छानिए ?
सडक विभागको भवन निर्माणका लागि १२ कम्पनीको प्राविधिक प्रस्ताव पास. कुन-कुन कम्पनी छानिए ?


काठमाडौं। सडक विभागको नयाँ भवन निर्माणमा १२ निर्माण कम्पनी प्राविधिक मूल्यांकनबाट पास भएका छन्। विभागले १ अर्ब ६७ करोड लगानीमा काठमाडौंमा अत्याधुनिक भवन बनाउने योजना बनाएको छ।

Tata
Global Ime

ठेक्का हालेका १२ वटा निर्माण कम्पनीहरु प्राविधिक मूल्यांकनमा पास भएका छन्। मूल्यांकनमा पास हुने निर्माण कम्पनीहरुमा लामा कन्स्ट्रक्सन कम्पनी, फेवा कन्स्ट्रक्सन, समानान्तर निर्माण सेवा, ओम साई राम कन्स्ट्रक्सन, गौरी पर्वत निर्माण सेवा छन्।

यसैगरी गौरा कन्स्ट्रक्सन, शिव शक्ति कन्स्ट्रक्सन कम्पनी, ब्राइट/ एसके/ आरए जेभी, ढुकुछु कन्स्ट्रक्सन कम्पनी, माउन्टेन इन्फ्रा कम्पनी, सिनर्जी ज्ञान जोती/ सुवेदी जेभी र कबिन्द्र/ कृष जेभी प्रविधिक रुपमा पास भएका छन्। यी कम्पनीको आर्थिक प्रस्तावमा कम कबोल गर्नेले निर्माणको ठेक्का पाउनेछ।

आर्थिक प्रस्ताव मंसिर १६ गते खोलिने विभागले जनाएको छ। निर्माण सम्झौता गरेको २ वर्ष ६ महिनाभित्र भवन बनाइसक्नुपर्नेछ। 

सरकारले काठमाडौं महानगरपालिका-३१ मीनभवनमा सडक विभागको नयाँ भवन बनाउन लागेको हो। विभागले वातावरणीय मूल्यांकन प्रतिवेदन तयार गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाइसकेको छ।

यस्तो बन्नेछ यो भवन

विभागले १९ हजार ९४३ वर्गमिटरमा सो भवन निर्माण गर्ने लागेको हो। विभागका अनुसार भवन ६ तल्लाको २९.८७ मिटर अग्लो बन्नेछ।

विभागले भवन निर्माण क्षेत्र २४ सय ८ वर्गमिटर, निर्माण क्षेत्र १३ हजार २९८ वर्गमिटर, खुल्ला क्षेत्र १२ हजार २९ वर्गमिटर ९३३.३२ प्रतिशत, हरियाली क्षेत्र २९ सय ८६ वर्गमिट ९२४.८२ प्रतिशत रहेको छ।

भवनको बेसमेन्टमा २३ सय ८७ को हुनेछ। बेसमेन्टमा गाडी पार्किङ, पानी ट्याङ्की र लिफ्टको लागि ठाउँ हुनेछ।

त्यसैगरी भुइँ तल्ला २४ सय २ वर्गमिटर, पहिलो तल्ला २५ सय ४९.२४ वर्गमिटर, दोस्रो तल्ला १६ सय १३.७१ वर्गमिटर, तेस्रो तल्ला १५ सय ८४.४६ वर्गमिटर, चौथो तल्लामा १५ सय ९८ वर्गमिटर, पाँचौ तल्लामा ७७६.९१ वर्गमिटर र छैठौं तल्ला ३८६.६७ वर्गमिटरको बन्नेछ।