BIZMANDU
www.bizmandu.com

प्रदीपलाई पराजित गर्दै चन्द्र भण्डारी विजयी, ज्ञवालीले भने-‘तपाईँको विश्वास मतमा बदल्न सकिन’

२०७९ मंसिर ९

प्रदीपलाई पराजित गर्दै चन्द्र भण्डारी विजयी, ज्ञवालीले भने-‘तपाईँको विश्वास मतमा बदल्न सकिन’
प्रदीपलाई पराजित गर्दै चन्द्र भण्डारी विजयी, ज्ञवालीले भने-‘तपाईँको विश्वास मतमा बदल्न सकिन’


बुटवल। गुल्मी-१ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस नेता चन्द्रकान्त भण्डारी विजयी भएका छन्। उनी एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै विजयी भएका हुन्।

Tata
Global Ime

भण्डारीले ३२ हजार २२७ मत ल्याए भने ज्ञवालीले ३० हजार ९३५ मत पाएका छन्। निर्वाचन कार्यालयले भने मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी छ।

यसअघि २०७४ को निर्वाचनमा गुल्मी-१ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतान्तरले पराजित भएका थिए।

एमाले उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमार्फत हार स्वीकारिसकेका छन्। उनले लेखेका छन्, 'अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन। तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु। प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु।'