BIZMANDU
www.bizmandu.com

१८ प्रतिशतले घट्यो आयात, कात्तिक महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँको आयात

२०७९ मंसिर ९

१८ प्रतिशतले घट्यो आयात, कात्तिक महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँको आयात
१८ प्रतिशतले घट्यो आयात, कात्तिक महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँको आयात


काठमाडौं। चालु महिनाको चार महिनामा आयात १८ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा १८ प्रतिशतले आयात घटेको हो।

Tata
Global Ime

भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको चार महिनामा ५ खर्ब ३२ अर्बको आयात भएको छ। जसबाट सरकारले १ खर्ब २६ अर्ब राजस्व संकलन गरेको छ।

कात्तिक महिनामा मात्रै १ खर्ब ३१ अर्बको आयात भएको हो। चार महिनामा ५४ अर्ब ७७ करोड बराबरको निर्यात गरेको छ।

यो अवधिमा १५ अर्ब ३४ करोड बराबरको पाम तेल, भटमास तेल, सनफ्लावर तेल निर्यात गरेको छ।