BIZMANDU
www.bizmandu.com

आरएसडीसी लघुवित्तको लाभांश दर बढ्यो, ११ प्रतिशत दिने घोषणा, बोनस सेयरमा जोड

२०७९ मंसिर ११

आरएसडीसी लघुवित्तको लाभांश दर बढ्यो, ११ प्रतिशत दिने घोषणा, बोनस सेयरमा जोड
आरएसडीसी लघुवित्तको लाभांश दर बढ्यो, ११ प्रतिशत दिने घोषणा, बोनस सेयरमा जोड

काठमाडौं। आरएसडीसी लघुवित्तको लाभांश दर बढेको छ। अघिल्लो पटक १०.५३ प्रतिशत प्रतिफल वितरण गरेको आरएसडीसीले गत आर्थिक वर्षका लागि ११ प्रतिशत दिने घोषणा गरेको हो।

Tata
Global Ime

प्रस्तावित लाभांश मध्ये ८ प्रतिशत बोनस सेयर हो। बाँकी ३ प्रतिशत कम्पनीले नगद दिने प्रस्ताव अघि सारेको छ। प्रस्तावित लाभांश कायम चुक्ता पुँजीमा हो।

अहिले लघुवित्तको चुक्ता पुँजी ८० करोड ५१ लाख रुपैयाँ छ। प्रस्तावित लाभांश वितरण पछि लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ पुग्नेछ।

लाभांश राष्ट्र बैंक र कम्पनीको साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन्।