BIZMANDU
www.bizmandu.com

कालापत्थर र गोक्योपछि कासाले सगरमाथामा एभरेष्ट शो गर्ने, कीर्तिमान राख्ने दाबी

२०७९ मंसिर ११

कालापत्थर र गोक्योपछि कासाले सगरमाथामा एभरेष्ट शो गर्ने, कीर्तिमान राख्ने दाबी
कालापत्थर र गोक्योपछि कासाले सगरमाथामा एभरेष्ट शो गर्ने, कीर्तिमान राख्ने दाबी


काठमाडौं। कपडाको नेपाली ब्रान्ड ‘कासा’ले सर्वोच्च शिखर सगरमाथामा ‘द एभरेष्ट शो’ गर्ने भएको छ। आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा शनिबार कासाका सञ्चालक डा. पंकज गुप्ताले सो घोषणा गरेका हुन्।

Tata
Global Ime

यस अघिपनि पहिलो पटक ‘कासा’ले कालापत्थरमा र दोस्रो पटक सगरमाथाको ५५०० मिटर उचाईमा पर्ने ‘गोक्यो’ मा फेशन शो गरेको थियो। 
वार्षिकोत्सवकै अवसरमा ‘कासा’ले शनिबार रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासनगाला’(फेशन शो) आयोजना गर्‍यो।

उनले कीर्तिमान राख्ने उदेश्यसहित सगरमाथामा शो आयोजना गर्न लागिएको बताए।कासाकी सञ्चालिका रमिला नेमकुलले भनिन्, ‘यो रेड कार्पेट इन्भेट हामीले नेपालमा पहिलो पटक आयोजना गरेका हौं। फेसन ग्लामर मात्रै होइन। यो विजनेश पनि हो।’

चार बर्षअघि स्थापना भएको कासा ब्राण्ड विश्वका थुप्रै मुलुकमा निर्यात हुँदै आएको छ। ‘कासा’को मुख्य शाखा पाटनढोकामा रहेको छ भने आउटलेट दरबारमार्ग र गैरीधारामा छ।