BIZMANDU
www.bizmandu.com

नयाँ सरकार गठनबारे चर्चा भइरहेका बेला ओली र कांग्रेस नेता प्रकाशमानबिच बालकोटमा भेट

२०७९ मंसिर ११

नयाँ सरकार गठनबारे चर्चा भइरहेका बेला ओली र कांग्रेस नेता प्रकाशमानबिच बालकोटमा भेट
नयाँ सरकार गठनबारे चर्चा भइरहेका बेला ओली र कांग्रेस नेता प्रकाशमानबिच बालकोटमा भेट


काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। ओली निवास बालकोटमा आइतवार भएको भेटमा चुनावी बधाई साटासाट भएको सिंहको सचिवालयले जनाएको छ।

Tata
Global Ime

सिंह काठमाडौं-१ बाट निर्वाचित भएका हुन् भने ओलीले झापा-५ बाट चुनाव जितेका हुन्। 

नयाँ सरकार गठनको अंकगणितबारे चर्चा भइरहेका बेला ओली र सिंहबिच भेटवार्ता भएको हो। एमालेले प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आइनसक्दै कांग्रेससँग सहकार्य गर्न सकिने बताइरहेको छ।

कांग्रेसले सत्ता गठबन्धनको नेतृत्वमै सरकार बन्ने भन्दै प्रतिनिधिसभाको निर्वाचनमा होमिएको थियो। ओली प्रधानमन्त्रीको उम्मेदवार भएको भन्दै एमाले चुनावमा गएको थियो। सिंहले पनि आफू प्रधानमन्त्रीको आकांक्षी भएको बताउँदै आएका छन्।