काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन पुनरावलोकन गर्ने भएको छ। उद्योगी व्यवसायीको तीव्र विरोधका कारण यो मार्गदर्शनमा पुनरावलोकन गर्न राष्ट्र बैंक तयार भएको हो।
राष्ट्र बैंकले मौद्रिक नीति समिक्षामार्फत यो मार्गदर्शन पुनरावलोकन गर्न तयार रहेको जनाएको हो। यसअघि गभर्नर महाप्रसाद अधिकारीले यो मार्गदर्शन कार्यान्वयन गरेरै छाड्ने प्रतिबद्धता जनाएका थिए।
ब्याजदर आन्दोलनसँगै यो मार्गदर्शन तत्काल कार्यान्वयन नगर्न व्यवसायीले दबाब दिएपछि गभर्नर अधिकारी केही लचिलो भएका हुन्। केही दिन अघि राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधनका लागि आवश्यक रायसुझाव दिन आग्रह गरेको थियो।