BIZMANDU
www.bizmandu.com

सुन तोलामा ३०० घट्यो, कारोबार प्रतितोला ९७ हजार ५ सयमा, चाँदीमा पनि गिरावट

२०७९ मंसिर १२

सुन तोलामा ३०० घट्यो, कारोबार प्रतितोला ९७ हजार ५ सयमा, चाँदीमा पनि गिरावट
सुन तोलामा ३०० घट्यो, कारोबार प्रतितोला ९७ हजार ५ सयमा, चाँदीमा पनि गिरावट

काठमाडौं। सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
Global Ime

साताको पहिलो दिन सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। १० रुपैयाँ घट्दा प्रतितोला १२ सय ८५ रुपैयाँ भएको छ। आइतबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट छ। आइतबार प्रतिऔंस १७५४.६ डलर रहेको सुन सोमबार १७५१.९५ डलरमा कारोबार भइरहेको छ। 

चाँदी प्रतिऔंस २१.२२ डलर छ। आइतबार २१.६१ डलरमा कारोबार भएको थियो।