BIZMANDU
www.bizmandu.com

नेशनल लाईफ इन्स्योरेन्सको बीमा सचेतना अभियान, बझाङमा बिभिन्न कार्यक्रम गर्यो

२०७९ मंसिर १२

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

Tata
Global Ime

बीमा सचेतना प्रवर्द्धनमा जीवन बीमा कम्पनीहरुले योगदान पुर्याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीति अनुरुप यी कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीले बझाङको चैनपुरमा रहेको सत्यवादी मा.वि. र बझाङको झोतास्थित भैरव मा.वि.का शिक्षक तथा विद्यार्थीहरुलाई बीमाबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा दुबै विद्यालयका करिब ४५० जना शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नेपाल बीमा बजारको अवस्था र सम्भावनाका साथै बीमा ऐन २०७९ मा उल्लेखित आधारभुत विषयहरुको वारेमा जानकारी दिएका थिए।  यसैगरी कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बीमाको महत्व र आवश्यकताको वारेमा बुझाएका थिए।   

उक्त समारोहमा जिल्लाका एकसय शिक्षकहरुको १ लाख रुपैयाँको म्यादी जीवन बीमा गरी बीमालेख हस्तान्तरण गरिएको पनि कम्पनीले जानकारी दिएको छ। 

यसै गरी भैरव मा.वि. मा सम्पन्न गरिएको कार्यक्रममा मृगौला पिडित उजाला कुमारी दमाईलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ। 

बझाङ जिल्ला जयपृथ्वी नगरपालिकास्थित जिल्ला अस्पतालमा रक्तदान आयोजना गर्यो। कम्पनीका अभिकर्ताहरु र स्थानीय जनसमुदायको  सहभागिता रहेको रक्तदान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको समेत उपस्थिती रहेको थियो।