BIZMANDU
www.bizmandu.com

कोरोना बीमाको दाबी भुक्तानी मंगलबारबाट सुरु हुँदै, को-को छन् पाउने पहिलो प्राथमिकतामा ?

२०७९ मंसिर १२

कोरोना बीमाको दाबी भुक्तानी मंगलबारबाट सुरु हुँदै, को-को छन् पाउने पहिलो प्राथमिकतामा ?
कोरोना बीमाको दाबी भुक्तानी मंगलबारबाट सुरु हुँदै, को-को छन् पाउने पहिलो प्राथमिकतामा ?


काठमाडौं। कोरोना बीमाको दाबी भुक्तानी मंगलबारदेखि हुने भएको छ। कम्पनीहरुले बीमा प्राधिकरणको निर्देशन अनुसार हाल सरकार र निर्जीवन बीमा कम्पनीबाट प्राप्त रकम वितरण गर्न लागेका हुन। नेपाल बीमक संघले जनाएको छ। 

Tata
Global Ime

नेपाल बीमक संघका अनुसार कोरोना बीमा पुलमार्फत व्यक्ति तथा परिवारलाई पहिलो प्राथमिक्ता दिइनेछ। जुन एक अर्ब २६ करोड रुपैयाँ भन्दा बढी छ। प्राधिकरणले करिब एक अर्ब ८१ करोड रुपैयाँ वितरण गर्न निर्देशन दिएको थियो।

 तर नेपाल पुनर्बीमा कम्पनीले पुलमा रकम जम्मा गरेको छैन। यसले गर्दा सरकार र कम्पनीहरुबाट प्राप्त रकम भुक्तानी दिन लागिएको हो। संघले नेपाल रिबाट रकम प्राप्त भएपछि पुन: वितरण गर्ने जनाएको छ।

 संघका अनुसार कोरोना बीमा भुक्तानी गर्नको लागि निर्जीवन बीमा कम्पनीहरुको भागमा परेको २५ प्रतिशत रकम अर्थात २ करोड २७ लाख रुपैयाँ  मापदण्ड विपरित भएकोले कम्पनीले स्वीकार नगर्ने निर्णय गरेको छ। 

जसमा मानवीय समवेदना र बीमितहरुको पीडालाई मध्यनजर गर्दै प्राधिकरणको निर्देशन बमोजिम दावी भुक्तानी  हुने थप रकम २ करोड २७ लाख रुपैयाँलाई अग्रिम दाबी भुक्तानी मानी दिन लागेको संघको जिकिर छ।