BIZMANDU
www.bizmandu.com

आजबाट कोरोना बीमाको दाबी भुक्तानी, सरकारलाई देखाएर नतिर्ने कम्पनीको दाउ, सबैले भने नपाउने

२०७९ मंसिर १३

आजबाट कोरोना बीमाको दाबी भुक्तानी, सरकारलाई देखाएर नतिर्ने कम्पनीको दाउ, सबैले भने नपाउने
आजबाट कोरोना बीमाको दाबी भुक्तानी, सरकारलाई देखाएर नतिर्ने कम्पनीको दाउ, सबैले भने नपाउने


काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुले आजबाट कोरोना बीमाको दाबी भुक्तानी गर्ने भएका छन्। 

Tata
Global Ime

सरकारले आफ्नो दायित्व पुरा नगरेको भन्दै बीमा कम्पनीहरुले सर्वसाधारणको प्रिमियम बुझेर नाफासमेत देखाउन भ्याएका थिए। तर, भुक्तानी गरेका थिएनन्।

सरकार र बीमा कम्पनीबीचको सम्झौतालाई देखाएर कम्पनीहरुले सर्वसाधारणको दाबी भुक्तानी गर्न इन्कार गरिरहेका बेला सरकारले निर्वाचनअघि पैसा जसरी पनि दिन निर्देशन दिएको थियो।

निर्वाचन लगत्तै बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ भुक्तानी सुरु गरेका हुन्। 

जबकी प्रिमियम बुझेपछि बीमा कम्पनीले सके नाफाबाट नभए पुँजीबाट समेत दायित्व भुक्तानी गर्नुपर्ने हुन्छ। बीमा कम्पनीले दाबी भुक्तानी नदिएकै कारण बीमाप्रतिको विश्वास घट्दै गएको थियो।