BIZMANDU
www.bizmandu.com

टाटाका नेक्सन र टिगोर इभी किन्न एभरेष्ट बैंकले ८० प्रतिशतसम्म ऋण दिने, ब्याजदर १२.८% मात्र

२०७९ मंसिर १३

टाटाका नेक्सन र टिगोर इभी किन्न एभरेष्ट बैंकले ८० प्रतिशतसम्म ऋण दिने, ब्याजदर १२.८% मात्र
टाटाका नेक्सन र टिगोर इभी किन्न एभरेष्ट बैंकले ८० प्रतिशतसम्म ऋण दिने, ब्याजदर १२.८% मात्र


काठमाडौं। टाटाका विद्युतीय गाडी नेक्सन र टिगोर खरिद गर्न चाहनेलाई एभरेष्ट बैंकले ८० प्रतिशतसम्म ऋण दिने भएको छ।

Tata
Global Ime

टाटाका विद्युतीय गाडी खरिद गर्न सहुलियतमा ऋण प्रवाह गर्न सोमबार एभरेष्ट बैंक र टाटा गाडीको बिक्रेता सिप्रदी ट्रेडिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतामा बैंकले सिप्रदी र यस अन्तर्गत रहेका आधिकारिक बिक्रेताले बिक्री गर्ने नेक्सन र टिगोर इभी खरिद गर्न ८० प्रतिशतसम्म ऋण सहज रुपमा पाइने जनाइएको छ।

यसैगरी बैंकले विद्युतीय गाडी खरिदमा उपलब्ध गराउने ऋणको ब्याजदर पनि १२.८ प्रतिशत मात्र तोकिएको छ। बैंकको अनुसार यो सुविधा एभरेष्ट बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ। यस्तै ऋण प्रवाह गर्न धेरै समय नलाग्ने पनि बैंकको भनाइ छ।