BIZMANDU
www.bizmandu.com

नेपाल एसबीआइ बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, अघिल्लो पटकको भन्दा दोब्बर दिने

२०७९ मंसिर १३

नेपाल एसबीआइ बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, अघिल्लो पटकको भन्दा दोब्बर दिने
नेपाल एसबीआइ बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, अघिल्लो पटकको भन्दा दोब्बर दिने


काठमाडौं। नेपाल एसबीआइ बैंकले अघिल्लो पटकको भन्दा दोब्बर लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षका लागि १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

Tata
Global Ime

पोहोर बैंकले कुल ५.३१ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रस्तावित लाभांश मध्ये ३ प्रतिशत मात्र बोनस सेयर हो। बैंकले बाँकी नगद दिने जनाएको छ। कर पनि यसैमा समावेश छ।

बैंकले कायम चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरेको हो। बैंकको चुक्ता पुँजी ९ अर्ब ८२ करोड रुपैयाँ छ। प्रस्तावित लाभांश वितरण पछि चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ नाघ्नेछ।

लाभांश राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन्।