BIZMANDU
www.bizmandu.com

बालेनविरुद्ध सुकुम्बासीको विरोध प्रदर्शन, बस्तीमा लाग्दैछ नारा- ‘उठीबासको त्रास कहिलेसम्म’

२०७९ मंसिर १३

काठमाडौं।  काठमाडौं महानगरले सकुम्बासी र भूमिहीन व्यवस्थापनका लागि गरेको सहमति कार्यान्वयन नगरी दमन गर्न खोजेको भन्दै आज विरोध प्रदर्शन भएको छ।

Tata
Global Ime

थापाथलीमा बस्दै आएका सुकुम्बासीहरुले आज महानगर कार्यालय रहेको बागदरबार अघि पुगेर विरोध गरेका हुन्।

प्रदर्शनकारीहरुले भूमिहीनलाई लालपुर्जा दिन, भदौमा भएको सहमति कार्यानवयन गर्न, दमन रोक्न लगायत नारा लगाएका थिए।

अहिले पनि सुकुम्बासी बस्तीमा विरोध जारी छ।

सोमबार महानगर प्रहरीले बस्ती भित्र पसेर सुकुम्बासीलाई हटाउन खोजेपछि झडप भएको थियो।