BIZMANDU
www.bizmandu.com

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर, मेगाको १०० कित्तालाई ९०

२०७९ मंसिर १३

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर, मेगाको १०० कित्तालाई ९०
इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर, मेगाको १०० कित्तालाई ९०


काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बैंकको मंगलबार बसेको बोर्डले अन्तिम सम्झौता स्वीकृत गरेको छ।

Tata
Global Ime

मेगालाई इन्भेष्टमेन्टले ९० रुपैयाँमा गाभ्दैछ। जसअनुसार मेगाका १०० कित्ता सेयरधनीले इन्भेष्टमेन्ट बैंकको ९० कित्ता पाउनेछन्। दुई बैंकले गत जेठ २७ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका हुन्।

राष्ट्र बैंकले असार २२ गते दुवै बैंकलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको थियो। राष्ट्र बैकले अन्तिम स्विकृति दिएलगत्तै बैंकले विशेष साधारणसभा डाकेर मर्जरलाई अनुमोदन गर्नेछन्। 

मर्जरपछि बैंकको नाम 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंक' रहनेछ। बैंकको अध्यक्ष इन्भेष्टमेन्टका पृथ्वीबहादुर पाँडे नै रहने छन्।