BIZMANDU
www.bizmandu.com

चोरी भएका १६ वटा बाइक र ६ वटा स्कुटर खोजेर ट्राफिक प्रहरीले सवारी धनीलाई बुझायो

२०७९ मंसिर १३

चोरी भएका १६ वटा बाइक र ६ वटा स्कुटर खोजेर ट्राफिक प्रहरीले सवारी धनीलाई बुझायो
चोरी भएका १६ वटा बाइक र ६ वटा स्कुटर खोजेर ट्राफिक प्रहरीले सवारी धनीलाई बुझायो


काठमाडौं। विभिन्न समयमा हराएको/चोरी भएको जाहेरी परेर खोजी गर्दा भेटिएकामध्ये २२ वटा दुई पांग्रे सवारीसाधन ट्राफिक प्रहरीले सम्बद्ध धनीलाई बुझाएको छ।

Tata
Global Ime

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा मंगलबार एक कार्यक्रमबीच प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सवारीसाधनहरु सम्बद्ध सवारीधनीलाई हस्तान्तरण गरेका छन्। बुझाइएका दुई पांग्रेमा १६ वटा मोटरसाइकल र ६ वटा स्कुटर छन्।

एसएसपी भट्टका अनुसार गत साउनयता सवारीसाधन हराएको भनि ५ सय ९२ वटा निवेदन प्राप्त भएका थिए। खोजी गर्दा फेला परेका २ सय ४ वटा सवारीसाधन माथि प्रहरीले अनुसन्धान गरेको थियो ।

जसमध्ये ७३ वटा साउन, ४० भदौमा, ३० असोजमा , १४ कात्तिकमा र केही दिनअघि ६ वटा सवारीसाधन  ट्राफिक प्रहरीले सम्बद्ध धनीलाई जिम्मा लगाइसकेको छ। धनी नखुलेका ३६ वटा सवारीसाधन भने यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ। 

ट्राफिक प्रहरीले सवारी साधनमा सुरक्षाका उपाय (डिस्क लक, ह्‍याण्डल लक, सेक्युरिटी साइरन आदि) अपनाई सुरक्षित स्थानमा मात्रै पार्किङ गर्न अनुरोध गरेको छ।