BIZMANDU
www.bizmandu.com

सुपरमाइ हाइड्रोपावरले पनि सेयर जारी गर्ने, पहिलो चरणमा प्रभावित र रोजगारीमा गएकाहरुले पाउने

२०७९ मंसिर १४

सुपरमाइ हाइड्रोपावरले पनि सेयर जारी गर्ने, पहिलो चरणमा प्रभावित र रोजगारीमा गएकाहरुले पाउने
सुपरमाइ हाइड्रोपावरले पनि सेयर जारी गर्ने, पहिलो चरणमा प्रभावित र रोजगारीमा गएकाहरुले पाउने

काठमाडौं। सुपरमाइ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र बैदेशिक रोजगारीमा गएकाहरुलाई साधारण सेयर जारी गर्ने भएको छ।

Tata
Global Ime

कम्पनीले मंसिर २१ गतेदेखि पुस ६ गतेसम्म सेयर जारी गर्ने छ। सेयरमा कम्तिमा १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।

कम्पनीले जारी पुँजी ५० करोडको १० प्रतिशत सेयर आयोजना प्रभावितलाई छुट्याएको छ। यो सेयर इलामका विभिन्न गाउँपालिकाका बासिन्दाले पाउने छन्।

यसबाहेक कम्पनीले सर्वसाधारणलाई छुट्याएको १० प्रतिशत अर्थात ५ करोडको सेयरमध्ये १० प्रतिशत रोजगारीमा गएकालाई छुट्याएको छ। उनीहरुले ५० हजार कित्ता पाउने छन्।