BIZMANDU
www.bizmandu.com

काठमाडौंपछि भरतपुर महानगरपालिका पनि अवैध संरचना हटाउन तात्यो, ३५ दिने सुचना जारी

२०७९ मंसिर १४

काठमाडौंपछि भरतपुर महानगरपालिका पनि अवैध संरचना हटाउन तात्यो, ३५ दिने सुचना जारी
काठमाडौंपछि भरतपुर महानगरपालिका पनि अवैध संरचना हटाउन तात्यो, ३५ दिने सुचना जारी


काठमाडौं। भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ। महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो।

Tata
Global Ime

महानगरपालिकाले सूचना जारी गरि तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धित धनीले नहटाए आफैले हटाउने चेतावनी दिएको छ।

संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असूल गर्ने सूचनामा उल्लेख छ।

महानगरले सार्वजनिक जग्गामा स्वीकृति नलिई निर्माण भएका भवन, टहरा र संरचना, सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, पर्खाल एवं अन्य सरंचरना, स्वीकृत नलिई भवनका अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेका अस्थायी पाली, अस्थायी टहरालगायतका अन्य संरचना, सडकमा फुटपाथबाट सवारी साधन उक्लिन बाटो अवरुद्ध हुने गरी ढलाइ गरी बनाइएका स्थायी र्‍याम्प, नक्शापासमा बेसमेन्ट पार्किङ स्वीकृत गरि अन्य प्रयोजनः पसल, गोदाम, रेन्टुरेन्ट आदि प्रयोग भइरहेका बेसमेन्ट हटाउने सूचनामा उल्लेख छ।