BIZMANDU
www.bizmandu.com

सेञ्चुरी कमर्सियल बैंकले गर्‍यो लाभांस घोषणा, ५ प्रतिशत दिने, ४.५ प्रतिशत बोनस सेयर वितरण

२०७९ मंसिर १५

सेञ्चुरी कमर्सियल बैंकले गर्‍यो लाभांस घोषणा, ५ प्रतिशत दिने, ४.५ प्रतिशत बोनस सेयर वितरण
सेञ्चुरी कमर्सियल बैंकले गर्‍यो लाभांस घोषणा, ५ प्रतिशत दिने, ४.५ प्रतिशत बोनस सेयर वितरण

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ।

Tata
Global Ime

२०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेकोे बैंक सञ्चालक समितिको ३७२औं बैठकले लाभांश दिने निर्णय गरेको हो।

बैंकको २०७९ असार मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ छ। यसको ४.७५ प्रतिशत बोनस सेयर दिने छ। ०.२५% ले हुन आउने रकम नगद लाभाशं वितरण गर्ने निर्णय गरेको छ।

लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिनेछ।

सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंक गत साउन १५ मा संस्था प्राप्ति सम्बन्धी सहमती भएको थियो। जसअनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पुस मसान्तभित्रनै एकिकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडि बढेको छ।