BIZMANDU
www.bizmandu.com

इन्भेष्टमेन्ट बैंकले डाक्यो साधारणसभा, ११ प्रतिशत लाभांशसहित मेगा बैंकलाई मर्ज गर्ने एजेण्डा

२०७९ मंसिर १५

इन्भेष्टमेन्ट बैंकले डाक्यो साधारणसभा, ११ प्रतिशत लाभांशसहित मेगा बैंकलाई मर्ज गर्ने एजेण्डा
इन्भेष्टमेन्ट बैंकले डाक्यो साधारणसभा, ११ प्रतिशत लाभांशसहित मेगा बैंकलाई मर्ज गर्ने एजेण्डा

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले पुस ७ गते बार्षिक साधारणसभा डाकेको छ। सभाले मेगा बैंकलाई गाभ्ने प्रस्ताव पनि पारित गर्ने छ।

Tata
Global Ime

बैंकले गत बर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने एजेण्डा साधारणसभामा लैजाँदैछ।

नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई प्रति सेयर ९० रुपैयाँका दरले गाभ्ने एजेण्डा पनि लैजाँदैछ। साधारणसभाले स्वीकृति दिएमा पुस मध्यसम्म एकिकृत कारोबार गर्ने दुबैको योजना छ।

मर्जरपछि सेयर संरचना परिवर्तन हुने हुँदा बैंकको प्रबन्धपत्र र नियमावली पनि संशोधन गर्ने अर्को एजेण्डा पनि राखिएको छ।