BIZMANDU
www.bizmandu.com

दसैंमा गएको ५५ अर्ब १२ करोड रुपैयाँ बराबरका नोटमध्ये १८ अर्ब ३५ करोड प्रणालीमा फर्कियो

२०७९ मंसिर १५

दसैंमा गएको ५५ अर्ब १२ करोड रुपैयाँ बराबरका नोटमध्ये १८ अर्ब ३५ करोड प्रणालीमा फर्कियो
दसैंमा गएको ५५ अर्ब १२ करोड रुपैयाँ बराबरका नोटमध्ये १८ अर्ब ३५ करोड प्रणालीमा फर्कियो


काठमाडौं। दसैंमा मान्छेका हातहातमा पुगेका नोट बिस्तारै प्रणालीमा फर्किन थालेको छ। असोज महिनामा मात्रै ५५ अर्ब १२ करोड १२ लाख रुपैयाँ बढि नोट चलनचल्तिमा गएको थियो।

Tata
Global Ime

कात्तिकमा त्यसमध्ये १८ अर्ब ३५ करोड ४६ लाख रुपैयाँ प्रणालीमा फर्किएको छ। बैंक तथा वित्तीय संस्थाबाहेक बाहिर रहेको सम्पूर्ण रकमलाई चलनचल्तिमा रहेको हिसाबमा गणना गरिन्छ। सहकारी संस्थादेखि अन्य निकाय तथा ब्यक्तिसँग रहेको पैसा चलनचल्तिका रुपमा गणना गरिन्छ।

कात्तिकमा ६ खर्ब ३१ अर्ब ६ करोड ८१ लाख रुपैयाँ बराबरको नोट चलनचल्तिमा छ। दसैंमा अर्थात असोझमा यो बढेर ६ खर्ब ४९ अर्ब ४२ करोड २७ लाख रुपैयाँ पुगेको थियो।

यद्यपी यसपालीको दसैंमा पोहोरभन्दा कम नोट चलनचल्तिमा पुगेको हो। पोहोर ७ खर्ब १३ अर्ब ९८ करोड ८ लाख रुपैयाँ बराबरको नोट चलनचल्तिमा पुगेको थियो।

त्यसयता निरन्तर घटेर यो गत भदौमा ५ खर्ब ९४ अर्ब ३० करोड १५ लाखमा झरेको थियो। असोजमा फेरी बढेर ६ खर्ब ४९ लाख रुपैयाँ पुगेको हो। तर कात्तिक लागेपछि पुन: प्रणालीमा पैसा फर्किन थालेको छ।