काठमाडौं। मेगा बैंक नेपालले पुस ७ गते बार्षिक साधारणसभा डाकेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभिने विशेष प्रस्तावसहित लाभांश वितरणको एजेण्डा साधारणसभामा लगिँदैछ।
बैंकले गत बर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांशको प्रस्ताव साधारणसभामा लैजाँदैछ।
यसबाहेक बैंकले इन्भेष्टमेन्ट बैंकको १०० रुपैयाँ बराबर मेगाको ९० रुपैयाँ प्रति सेयर मूल्य कायम गरेर मर्जरमा जाने प्रस्ताव पनि लैजाँदैछ।
दुबै प्रस्ताव साधारणसभाले पारित गरेपछि मर्जर र लाभांश वितरणको प्रकृया अगाडि बढ्ने छ। दुबै बैंकले पुस मध्यसम्म एकिकृत कारोबार गर्ने लक्ष्य लिएका छन्।