काठमाडौं। नेपाल बंगलादेश बैंकको बंगलादेशी साझेदार आइएफआइसी बैंकले मर्जरपछि आफ्नो स्वामित्वमा आएको नबिल बैंकको सेयर बिक्री गर्ने भएको छ।
आइएफआइसीले नबिलको एक करोड ७७ लाख ३६ हजार ८८ कित्ता सेयर बिक्रीको निवेदन दिएको हो। सञ्चालक समितिको बैठकमा सो निवेदन पेश गरिएको हो।
बैंकको सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिइएको छ। इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्न सक्नेछन्। खरिद गर्न चाहेको मूल्य राखेर गोप्य शिलबन्दी निवेदन दिनुपर्ने बैंकले जनाएको छ।
तोकिएको समयमा संस्थापकहरुबाट निवेदन नआए सर्वसाधरणलाई बिक्री आव्हान गरिने बैंकले उल्लेख गरेको छ।