काठमाडौं। चम्पावती हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक (आइपीओ) सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधरणको लागि सेयर निष्कासन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा डाकेको छ।
सभा पुस ९ गेत कम्पनीको केन्द्रीय कार्यलयमा हुने छ। वासलात र नाफा नोक्सानका सामान्य विषय बाहेक आइपीओ निषकासनको प्रस्ताव सभाबाट पारित हुँदैछ।
कम्पनीले अधिकृत र जारी पूँजी दुवै वृद्धि गर्दैछ। यसका लागि प्रबन्धपत्र र नियमावलिमा सोहि अनुसारको संसोधन गर्ने योजना कम्पनीको हो।
गोरखा र लमजुङ जिल्लालाई जोड्ने चेपे नदीको स्रोत उपयोग गरी "चेपे ए जलविद्युत परियोजना" स्थापना गर्ने क्रममा छ। आयोजनाको जडित क्षमता ७ मेगावाट हुनेछ। आगामी असारसम्म आयोजना निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य हो।
कम्पनीको अध्यक्षता हरीराम पराजुलीले गरेका छन्। टुक प्रसाद न्यौपाने कम्पनीका प्रबन्ध निर्देशक हुन्। यस अघि दुवै १५.४ मेगावाटको रुदि खोला हाइड्रोपावर प्रोजेक्टको सञ्चालक समितिमा थिए।