BIZMANDU
www.bizmandu.com

नेपाल बैंकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण बैंकिङ सेवा दिने

२०७९ मंसिर १६

नेपाल बैंकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण बैंकिङ सेवा दिने
नेपाल बैंकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण बैंकिङ सेवा दिने


काठमाडौं। नेपाल बैंक र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ।

Tata
Global Ime

सम्झौता अनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण बैंकिङ कारोबार नेपाल बैंकमार्फत हुने छ।

सम्झौता पत्रमा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त र प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रमराज गौतमले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा बोल्दै पन्तले बैंकका तर्फबाट विमानस्थलमा हुने बैंकिङ सम्बन्धि कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने बताइन्।