BIZMANDU
www.bizmandu.com

एनआइबिएल एस क्यापिटलले ल्यायो निःशुल्क मेरो सेयर र डिम्याट खाता खोल्न सकिने अफर

२०७९ मंसिर १६

एनआइबिएल एस क्यापिटलले ल्यायो निःशुल्क मेरो सेयर र डिम्याट खाता खोल्न सकिने अफर
एनआइबिएल एस क्यापिटलले ल्यायो निःशुल्क मेरो सेयर र डिम्याट खाता खोल्न सकिने अफर


काठमाडौं। अपांगता भएकाहरुलाई लक्ष्य गर्दै सितैं डिम्याट खाता र मेरो सेयर युजर पाउने अफर आएको छ। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सहायक कम्पनी एनआईबिएल एस क्यापिटल लिमिटेडले निःशुल्क सुविधाको यो योजना ल्याएको हो।

Tata
Global Ime

क्यापिटलले यो योजना अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा ल्याएको जनाएको छ। योजनाअन्तर्गत फरक क्षमता भएका व्यक्तिहरुले एनआइबिएल एस क्यापिटलबाट निःशुल्क डिम्याट तथा मेरो सेयरको खाता खोल्न सक्ने छन्।

'कुनै पनि ग्राहकवर्ग तथा लगानीकर्ताहरु सेयर बजारमा लगानी गर्नबाट बञ्चित नहुन भन्ने उद्देश्यका साथ योजना ल्याइएको हो,' क्यापिटलले जारी गरेको सूचनामा भनिएको छ।

योजना यही मंसिर १६ देखि १८ गते (३ दिन) सम्मका लागि लागु हुने छ। यो योजना अवधिभर डिम्याट तथा मेरो सेयरको खाता खोल्ने फरक क्षमता भएका ग्राहक मध्येबाट गोलाप्रथाद्वारा छनोट गरी ५ जनालाई एनआईबिएल सहभागिता फण्डको १०० इकाई उपहार समेत प्रदान गरिने क्यापिटलले जनाएको छ।