BIZMANDU
www.bizmandu.com

रेमिटेन्स कम्पनी आइएमइले आइपीओ जारी गर्ने, साधारणसभाबाट पारित, अब निष्कासन प्रक्रिया सुरु

२०७९ मंसिर १६

रेमिटेन्स कम्पनी आइएमइले आइपीओ जारी गर्ने, साधारणसभाबाट पारित, अब निष्कासन प्रक्रिया सुरु
रेमिटेन्स कम्पनी आइएमइले आइपीओ जारी गर्ने, साधारणसभाबाट पारित, अब निष्कासन प्रक्रिया सुरु


काठमाडौं। आइएमइ लिमिटेडले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ। कम्पनीको २२औं वार्षिक साधारणसभाले साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो। 

Tata
Global Ime

सेयर जारीपछि रेमिटेन्स कम्पनी आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय थपिने छ। 

आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्षअघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरुको सुझाव र सल्लाहकै वाबजुद एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गरे।

उनले आम सेवाग्राहीवीच आइपीओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा खुसी लागेको पनि बताए।

आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल यूगमा प्रवेश गरेको औल्याउँदै प्रतिष्पर्धी बजारमा कम्पनीलाई अझै उर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको जानकारी दिए।

साधारण सभालाई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एवम् आइएमईका संचालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना व्यक्त गरेका थिए।

कम्पनीले चाँडै आइपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए।

यो प्रकृयाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरि नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ। सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रकृया अगाडि बढ्ने पौडेलले बताए।