BIZMANDU
www.bizmandu.com

नेपाल उद्योग परिसंघ बजेट वाच : उद्योग सम्बन्धि ५५ बुँदा तत्काल  कार्यान्वयन गर्न दबाब 

२०७९ मंसिर १६

नेपाल उद्योग परिसंघ बजेट वाच : उद्योग सम्बन्धि ५५ बुँदा तत्काल  कार्यान्वयन गर्न दबाब 
नेपाल उद्योग परिसंघ बजेट वाच : उद्योग सम्बन्धि ५५ बुँदा तत्काल  कार्यान्वयन गर्न दबाब 


काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई )ले बजेट वाच कार्यक्रम सुरु गरेको छ। सीएनाईले बजेटमा उद्योग सम्वन्धि ५५ बुँदामा समावेश कार्यक्रमलाई अघि बढाउन दबाब दिएको हो।

Tata
Global Ime

बजेटको ५५ बुँदालाई ८ वटा क्षेत्रमा विभाजन गरिएको छ। जसमा औद्योगिक विकास, नव प्रर्वर्तन, औद्योगिक क्षेत्र व्यास्थापन, मेक इन नेपाल स्वदेशी, उर्जा, निर्यात प्रवर्द्धन, कृषि, पुर्वाधार साना तथा मझौला उद्योग, पर्यटन, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि रहेका छन् ।

प्रत्येक वर्ष बजेटमा कार्यक्रम आउने र कार्यान्वयन नहुने समस्या भएपछि सीएनआईले दबाब कार्यक्रम सुरु अध्यक्ष विष्णुकुमार अग्रवालले बताए। अध्यक्ष अग्रवालले भने-'बजेटले स्वदेशी उद्योग र मेक इन नेपाललाई उच्च प्राथमिकता दिएको छ। तर कार्यान्वयनमा धेरै समस्या देखिएका छन्। यसका लागि मन्त्रालयगत समन्वयमा कमी देखिएको छ।

सीएनआईले अघि सारेको मेक इन नेपाल अभियान अघि बढाउन सार्वजनिक खरीद अनुगमन कार्यालयलाई दबाब दिएको छ। देशमा बढ्दै गएको व्यापार घाटा, वैदेशिक मुद्रा संचितिमा पर्दै गएको दबाब कम गर्न निर्यात हुने सबै बस्तुमा अनुदान दिन आग्रह गरिएको छ। यस्तै चितवन शक्तिखोरको औद्योगिक क्षेत्र व्यवस्थापन गर्न सीएनआईले चासो देखाएको छ।