BIZMANDU
www.bizmandu.com

जीवन विकास लघुवित्त वित्तिय संस्थाः गैससबाट लघुवित्तको क्षेत्रमा लामो फड्को


जीवन विकास लघुवित्त वित्तिय संस्थाः गैससबाट लघुवित्तको क्षेत्रमा लामो फड्को
जीवन विकास लघुवित्त वित्तिय संस्थाः गैससबाट लघुवित्तको क्षेत्रमा लामो फड्को


काठमाडौं। पछिल्लो समय रिटेल लघुवित्तमध्ये जीवन विकास लघुवित्त वित्तीय संस्थाको आक्रामक व्यवसाय बिस्तार र गुणस्तरीय प्रोफाइल छ। यसको सेयर हातमा लिएका लगानीकर्तामा बेग्लै प्रकारको आत्मविश्वास देखिन्छ।

Tata
Global Ime

शाखा सञ्जालको बलियो नेटवर्कले यो लघुवित्त पूर्वी नेपालमा स्थापित वित्तीय ब्राण्ड बनेको हो। वित्तीय कारोबार सुरु गरेको चार वर्षमै यसले लघुवित्तको क्षेत्रका अग्रणी वित्तीय संस्थासँग प्रतिष्पर्धा गर्ने हैसियत बनाएको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तको नाफा र व्यवसायको वृद्धिदरले स्थापित खेलाडीहरुलाई पछि पारेको छ। 

सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्तसँगको मर्जरपछि सृजना बढेको आत्मविश्वासले पनि जीवन विकासको प्रतिष्पर्धात्मक क्षमता उकासेको हो। गैर नाफामूलक यो संस्था झन्डै तीन लाख परिवारसँग जोडिएको छ। सीमान्तकृत र पिछडिएका वर्गको जीवनस्तर उकास्न ऋण लगानी गरिरहेको छ।

मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको यो लघुवित्तले १ सय ५९ वटा शाखा सञ्जालबाट वित्तीय कारोबार गर्दै आएको छ। जीवन विकास समाज एउटा गैरसरकारी सामाजिक संस्था हो। यसका कामहरुमध्येको एउटा सबल बनाउने क्षेत्र लघुवित्त कारोबार हो । संस्थाको लघुवित्त कारोबारमा आफ्नै नाममा २१ प्रतिशत सेयर स्वामित्त्व छ।

व्यवसाय बिस्तारमा देखाएको एग्रेसन र सेयर बजार प्रवेश गरे लगत्तैको बेजोड प्रस्तुतिले लगानीकर्ताको विशेष आकर्षणमा लघुवित्तको सेयर पर्छ। पहिलो त्रैमासमै लघुवित्तको प्रति सेयर आम्दानी रिटेल लघुवित्तहरुको शीर्ष स्थानमध्ये छ। 

असोज मसान्तमा लघुवित्तको प्रति सेयर आम्दानी ५७.१० रुपैयाँ पुग्यो। इन्डष्ट्री एभरेज मात्र १६ रुपैयाँमा सीमित छ। त्यही इन्डष्ट्री औसत मूल्य आम्दानी अनुपातले ७५ गुणा नाघ्दै गर्दा जीवन विकासको झन्डै ४४ गुणा छ।

तर जुन अनुपातमा नाफा वृद्धि भएको छ सोहि अनुपातमा प्रति सेयर आम्दानी भने बढेको देखिदैन। पछिल्लो चार वर्षयता बर्सेनि लघुवित्तको नाफा ३७ प्रतिशतले बढ्ने गरेको छ। त्यहीँ वार्षिक सवा १६ प्रतिशतको गिरावट प्रति सेयर आम्दानीमा छ। 

मुख्यतया यो अवधिमा लघुवित्तको चुक्ता पुँजी ह्‍वात्तै बढेको छ। करिब ६५ प्रतिशतका दरले चुक्ता पुँजी बढेको देखिन्छ। २०७५/७६ मा १४ करोड रुपैयाँ रहेको चुक्ता पुँजी एक अर्ब नाघिसकेको छ। आइपीओ ल्याए लगत्तै लघुवित्तले दिएको ७० प्रतिशत बोनस सेयर चुक्ता पुँजीको मुख्य कारक रह्‍यो। 

प्रति सेयर आम्दानीको घट्दो दरलाई सन्तुलनमा राख्न चुक्ता पुँजीको वृद्धि नियन्त्रण गर्न आवश्यक छ। नाफालाई लघुवित्तले गुणात्मक हिसाबमा बढाउन जरुरी देखिएको छ। हालै राष्ट्र बैंकले नगद वितरणमा लगाएको रोक पनि परिमार्जन गरेको छ। 

चुक्ता पुँजीको ३० प्रतिशतसम्म मात्र नगद लाभांश बाँड्न पाउने साबिकको व्यवस्था हटाएको हो। यसले नगद वितरणमा लघुवित्तहरुलाई प्रोत्साहन गरेको छ। जीवन विकासको बढ्दो चुक्ता पुँजीको अनुपातलाई सीमामा राख्न यो व्यवस्थाले राहत दिने छ। 

यस्तै २० प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्छ। यसले लघुवित्तको पुँजीकोष बलियो बनाउन मद्दत गर्नेछ। जुन बाँकी प्रतिष्पर्धीहरुको तुलनामा कमजोर देखिन्छ। 

असोज अन्त्यसम्म ११.९३ प्रतिशत रहेको लघुवित्तको पुँजीकोष अनुपात इन्डष्ट्री एभरेजभन्दा तल छ। लघुवित्तहरुको पुँजीकोष अनुपात औसत १२.४२ प्रतिशत छ। राष्ट्र बैंकको विद्यमान व्यवस्था अनुसार पुँजीकोष ११ प्रतिशत माथि हुन आवश्यक छ। अनुपातले घाटा ग्रहण गर्न उचित मात्रामा कुशन प्रदान गर्छ र निक्षेपको सुनिश्चित गर्न महत्वपूर्ण हुन्छ। यसले सोल्भेन्सी क्षमतालाई मूल्यांकन गर्ने गर्छ।

एग्रेसिभ व्यवसाय बिस्तारको रणनीतिमा दौडिएको जीवन विकास लघुवित्तले पुँजीकोष र प्राथमिक पुँजीकोष दुवैलाई निर्धारित सीमाभन्दा बढी राखेको उचित हुन्छ। अहिले बैंक वित्तीय संस्थाहरुले प्राथमिक पुँजीकोषको अनुपात ८ प्रतिशतभन्दा माथि राख्नुपर्छ।

पछिल्लो चार वर्ष यताको तथ्यांकले बर्सेनि २६.५ प्रतिशतका दरले लघुवित्तको कर्जा प्रभाव बढ्ने गरेको देखाउँछ। सो अवधिमा उधारोको दर ३७ प्रतिशतले र निक्षेप झन्डै १९ प्रतिशतले बढेको छ। लघुवित्तको खुद ब्याज आम्दानी भने ४९ प्रतिशतले बढेको देखिन्छ। जुन गत आर्थिक वर्ष केही सुस्त छ।

ब्याजदर चर्किएपछि ब्याज संकलनमा कमी आएको हो। महंगो ब्याजले गर्दा एकातिर खुद ब्याज आम्दानीको वृद्धि दर खुम्चिएको छ भने अर्को पट्टि खराब कर्जा पनि ह्‍वात्तै बढेको देखिन्छ। लघुवित्तको जोखिम व्यवस्थापन रकम पछिल्लो चार वर्षयता उल्लेख्य दरमा बढ्दै गएको छ। यसले निष्क्रिय कर्जाको अनुपातलाई पनि निकै बढाएको छ।   

लघुवित्त संस्थाहरुले बैंक तथा वित्तीय संस्थासँग सापटी लिएर लगानी गर्दै आएका छन्। बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्तलाई आधार दरमा ऋण दिन पाउँछन्। तर आधार दर नै १० प्रतिशत हाराहारी पुगेको छ। लागत महँगो पर्न थालेपछि लघुवित्तहरुले पनि ब्याज बढाउनै पर्छ। जसले कर्जाको ब्याज पनि बढाएको छ। कर्जा लगानीको करिब आधा जीवन विकासले उधारो चलाएको छ। 

तर लघुवित्तले बढीमा १५ प्रतिशतमा मात्रै ऋण लगानी गर्न पाउँछन्। तुलनात्मक रुपमा उच्च प्रशासनिक खर्च भएका लघुवित्तहरुलाई ५ प्रतिशतको स्प्रेड निक्कै कम हुन्छ। यसले लघुवित्तहरुको नाफामा पनि सोझै असर गरेको छ। उनीहरुले फी कमिसनको दर पनि निश्चित डेढ प्रतिशत छ।

लघुवित्तको उच्च भौगोलिक एकाग्रता पनि चिन्ताजनक छ। १५९ वटा शाखा सञ्जालका बाबजुद झन्डै ७० प्रतिशतभन्दा माथिको निक्षेप लघुवित्तले पूर्वका मुख्य तीन जिल्लाबाट मात्र संकलन गरेको छ। ६९ प्रतिशत कर्जा पनि यही क्षेत्रमा प्रवाह भएको छ। ती जिल्ला झापा, मोरङ र सुनसरी हुन्।

राष्ट्रिय स्तरको लघुवित्त भए पनि जीवन विकासका अधिकतम शाखा केवल यिनै तीन जिल्लामा फैलिएका छन्। जबकी कुल व्यवसाय २४ वटा जिल्लामा बिस्तार छ। हाल प्रदेश १ मा ९०, मधेस प्रदेशमा ४८ र वाग्मती प्रदेशमा २१ वटा छन्।

यस्तो छ वित्तीय अवस्था