BIZMANDU
www.bizmandu.com

तेह्रथुम पावरले लाभांश घोषणाविनै डाक्यो साधारणसभा, मंसिर २५ देखि पुस १० सम्म बुक क्लोज

२०७९ मंसिर १८

तेह्रथुम पावरले लाभांश घोषणाविनै डाक्यो साधारणसभा, मंसिर २५ देखि पुस १० सम्म बुक क्लोज
तेह्रथुम पावरले लाभांश घोषणाविनै डाक्यो साधारणसभा, मंसिर २५ देखि पुस १० सम्म बुक क्लोज

काठमाडौं। गत आर्थिक वर्ष नोक्सानी बेहोरेको तेह्रथुम पावर कम्पनीले लाभांशको प्रस्ताव बिनै साधारणसभा डाकेको छ। सभा पुस १० गते बागबजारको होटल हार्दिकमा गर्ने भएको हो।

Tata
Global Ime

सभाले सञ्चालक समितिको प्रतिवेदन र गत आर्थिक वर्षको वासलात नाफा नोक्सान र नगद प्रवाह लगायत विषयमा छलफल गर्नेछ।

यस बाहेक सञ्चालक समितिको निर्वाचन र निर्वाचनका लागि अधिकृत चयन जस्ता एजेन्डा छन्। सभाले प्रस्तावहरु अघि बढाउन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने पनि जनाएको छ।

कम्पनीले साधारण सभाका लागि मंसिर २५ देखि पुस १० गतेसम्म बुक क्लोज गर्दैछ। मंसिर २४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्।    

गत आव कम्पनी ४४ लाख ३३ हजार रुपैयाँमा घाटामा थियो। कम्पनीको माथिल्लो खोरुङा खोला सानो हाइड्रोपावर आयोजनाले व्यवसायिक उत्पादन सुरु गरे पनि कम्पनी नोक्सानीमै थियो। तर चालु आवको पहिलो त्रैमासमा भने कम्पनी १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ।