BIZMANDU
www.bizmandu.com

एनएलजी इन्स्योरेन्स अघिल्ला दुई पटककै लाभांश दरलाई निरन्तरता दिँदै, फेरि १०.५३ प्रतिशत दिने

२०७९ मंसिर १८

एनएलजी इन्स्योरेन्स अघिल्ला दुई पटककै लाभांश दरलाई निरन्तरता दिँदै, फेरि १०.५३ प्रतिशत दिने
एनएलजी इन्स्योरेन्स अघिल्ला दुई पटककै लाभांश दरलाई निरन्तरता दिँदै, फेरि १०.५३ प्रतिशत दिने

काठमाडौं। एनएलजी इन्स्योरेन्सले अघिल्ला वर्ष वितरण गरेकै लाभांश दरलाई निरन्तरता दिने भएको छ।

Tata
Global Ime

पछिल्ला दुई आर्थिक वर्ष देखि १०.५३ प्रतिशत लाभांश दिँदै आएको एनएलजीले गत आर्थिक वर्षका लागि पनि त्यति नै दिने प्रस्ताव अघि सारेको हो।

इन्स्योरेन्सको सञ्चालक समितिले १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ। बाँकी करका लागि नगद दिँदै छ। कायम चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरिएको हो।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी १ अर्ब ३३ करोड ९८ लाख रुपैयाँ पुग्नेछ।

प्रस्तावित लाभांश नियामक बीमा प्राधिकरण र कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।