BIZMANDU
www.bizmandu.com

शिवम् सिमेन्टद्वारा उपभोक्ताका लागि उपहार योजना ‘शिवमसँग उपहार टन्न’ सार्वजनिक

२०७९ मंसिर १८

शिवम् सिमेन्टद्वारा उपभोक्ताका लागि उपहार योजना ‘शिवमसँग उपहार टन्न’ सार्वजनिक
शिवम् सिमेन्टद्वारा उपभोक्ताका लागि उपहार योजना ‘शिवमसँग उपहार टन्न’ सार्वजनिक


काठमाडौं। ओपीसी सिमेन्ट बिक्री गर्दै आएको शिवम् सिमेन्टले 'शिवमसँग उपहार टन्न' नामक सर्वाधिक धनराशिको ग्राहकमुखी उपहार योजना ल्याएको छ।

Tata
Global Ime

'शिवमसँग उपहार टन्न' नामक योजनाअन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हात खाली नहुने स्क्र्याच कुपन प्राप्त गर्ने छन्।

उक्त कुपन स्क्र्याच गरी २ सयदेखि ५०० रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार जित्न सकिने छ। 

त्यही कुपनको आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म जित्ने मौका पाउने छन्।

जस अनुसार हरेक महिनाको लक्की ड्रमार्फत पहिलो पुरस्कार २ जोडी भाग्यशाली ग्राहकलाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेतालाई  हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाई आधा केजी चाँदी, चौथो पुरस्कार ८ जनालाई हिराको औंठी तथा पाँचौं पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइटको व्यवस्था गरिने कम्पनीले जनाएको छ।

यो सबै लक्की ड्रमार्फत छनोट गरिने छ। अन्तिम महिनामा प्राप्त कुपनहरु मसिक लक्की ड्रमा समावेश नभइ मेगा लक्की ड्रमा समावेश गरिने विज्ञप्तिमा उल्लेख छ।

मासिक लक्की ड्रमा समावेश भएको तर उपहार जित्न नसकेको कुपन योजना अन्तर्गतको अन्तिम महिनाको कुपनसँगै मेगा लक्की ड्रमा पुनः समावेश हुनेछ भने मेगा लक्की ड्रमार्फत २ जना भाग्यशाली ग्राहकले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा पाउने छन्।

लक्की ड्रको कुपनमा उल्लेखित विवरण र मोबाइल नम्बरको आधारमा विजेता घोषणा गरिने र सोही आधारमा ग्राहकले उपहार दाबी गर्नुपर्ने कम्पनीले जनाएको छ। 

यो उपहार योजना मंसिर १८ देखि नेपाल भरी लागू गरिएको छ। स्क्र्याचमार्फत हात खाली नजाने पक्का उपहार अन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने छ।

सुन र चाँदीका लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गरि शिवम् सिमेन्टको बिक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। एक पटक पक्का पर्ने र तीन पटकसम्म जित्न मौका मिल्ने यो योजनाले ग्राहकहरुलाई थप हौसला र खुसी प्रदान गर्ने कम्पनीको विज्ञप्तिमा छ।

शिवम् सिमेन्ट एक मात्र ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपाली उद्योग हो। शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुंगा खानीबाट उत्खनन् गरिएको चुनढुंगा प्रयोग गरिरहेको छ।