BIZMANDU
www.bizmandu.com

जथाभावी तरिकाले तानिएका तार नहटेको भन्दै प्राधिकरणको ताकेता, नहटाए आफैँले काटिदिने 

२०७९ मंसिर १८

जथाभावी तरिकाले तानिएका तार नहटेको भन्दै प्राधिकरणको ताकेता, नहटाए आफैँले काटिदिने 
जथाभावी तरिकाले तानिएका तार नहटेको भन्दै प्राधिकरणको ताकेता, नहटाए आफैँले काटिदिने 


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ४५ दिने सुचना निकालेर अव्यवस्थित तारहरु हटाउन निर्देशन दिएपनि कार्यान्वयन नभएपछि ताकेता गर्दै पुन: सुचना निकालेको छ।

Tata
Global Ime

कात्तिक १५ गतेर सुचना निकालेर हटाउन निर्देशन दिएको भएपनि कार्यान्वयन नभएपछि समयभित्र नै सम्पन्न गर्न अनुरोध गरेको छ। विद्युतीय पोल प्रयोग गरि अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर,को-एक्सियल केबल तथा जथाभावी झुण्ड्याइएको उपकरणहरु निर्धारित समयभित्र हटाउन निर्देशन दिएको छ।

तोकिएको समयमा सुधार कार्य नगर्ने/नगराउने सेवा प्रदायकहरुको केबल लगायत उपकरणहरु प्राधिकरण आफैले हटाउने छ। सुचनामा नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १९ (ख) र १९ (छ) बमोजिम प्राधिकरण आफैँले हटाउने हुँदा यसबाट हुन सक्ने नोक्सानीका लागि इन्टरनेट/केबल टिभी/दुरसंचार सेवा प्रदायक स्वयंले जिम्मेवारी हुने उल्लेख छ। 

जथाभावी तार र उपकरणहरु राखिएका कारण आगलागिको दुर्घटना बढेको र विद्युत प्रवाहमा समेत असर पुगेको प्राधिकरणका अधिकारीहरुको भनाई छ।