काठमाडौं। प्रतिनिधि सभाको निर्वाचन २०७९ मा कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट जितेको छ। सत्ता गठबन्धनसँग तालमेल गरी चुनावमा होमिएको कांग्रेसले ९१ सिटमा उम्मेदवारी दिएको थियो। जसमध्ये ३४ जना उम्मेदवार पराजित भएका छन्।
अघिल्लो निर्वाचनमा वाम गठबन्धन हुँदा २३ सिट प्रत्यक्ष जितेको कांग्रेसले यसपटक माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरी चुनावमा भाग लिएको थियो। यसले गर्दा समानुपातिकमा एमालेभन्दा केही कम मत आए पनि कांग्रेस पहिलो दल बनेको छ।
पदाधिकारी को को निर्वाचित को को पराजित?
नेपाली कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री छन्। कोषाध्यक्ष भने अझै नियुक्त गरिएको छैन। यी पदाधिकारीमध्ये चुनावमा होमिएका ४ जना पराजित भए।
सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भए। उपसभापति पूर्णबहादुर खड्का सुर्खेत-१ बाट निर्वाचित हुँदा अर्का उपसभापति धनराज गुरुङ स्याङ्जा-२ बाट निर्वाचित भए। कांग्रेसका आकर्षणको केन्द्र मानिएका दुई महामन्त्री पनि निर्वाचित भएका छन्।
महामन्त्री गगन थापा काठमाडौं-४ बाट चौथोपटक निर्वाचित हुँदा अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापा-१ बाट जित निकालेका छन्। गगनले यसपटक प्रधानमन्त्रीमा दाबी गरिरहँदा विश्वप्रकाश उनलाई साथ दिने तयारीमा छन्।
चुनावमा होमिएका चार सह-महामन्त्री भने पराजित भएका छन्। भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय डीना, महेन्द्र यादव र उमाकान्त चौधरीले यसपटक हार बेहोरे। दुई सह-महामन्त्री किशोरसिंह राठौर र बद्री पाण्डेले भने जित निकालेका छन्। यता दुई सह-महामन्त्री फर्मुल्लाह मन्सुर र जीवन परियार भने समानुपातिकमा छन्।
महिला १ जनामात्र निर्वाचित
यसपटक कांग्रेसबाट प्रतिनिधसभातर्फ उम्मेदवारी दिएकामध्ये एक जनामात्र महिला निर्वाचित भएका छन्। तेह्रथुमबाट सीता गुरुङ निर्वाचित भएकी हुन्। कांग्रेसले पाँचजना महिलालाई प्रत्यक्षमा टिकट दिएको थियो। गुरुङले एमालेका विजय सुब्बालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यको सिट सुरक्षित गरेकी हुन्। सह-महामन्त्री महालक्ष्मी उपाध्याय डिना, उप-सभामुख रहेकी पुष्पा भुसाल, पूर्व सभामुख चित्रालेखा यादव र सुजाता कोइराला निर्वाचनबाट अनुमोदन हुन सकेनन्।
को कहाँबाट निर्वाचित?
विश्वप्रकाश शर्मा – झापा १
दिपक खड्का – संखुवासभा
सीता गुरुङ – तेह्रथुम
डिगबहादुर लिम्बू – मोरङ १
सुनिलकुमार शर्मा – मोरङ ३
डा. शेखर कोइराला – मोरङ ६
ज्ञानेन्द्रबहादुर कार्की – सुनसरी ४
रामहरि खतिवडा – ओखलढुंगा
डा. नारायण खड्का – उदयपुर २
दिनेशकुमार यादव – सप्तरी ३
तेजुलाल चौधरी – सप्तरी ४
रामकृष्ण यादव – धनुषा २
महेन्द्रकुमार राय – महोत्तरी ४
देवप्रसाद तिमलसेना – रौतहट ४
अजयकुमार चौरसिया – पर्सा २
रमेश रिजाल – पर्सा ४
पूर्णबहादुर तामाङ (कान्छाराम) – रामेछाप
श्यामकुमार घिमिरे – सिन्धुली १
मोहन आचार्य – रसुवा
रामनाथ अधिकारी – धादिङ २
अर्जुन नरसिंह केसी – नुवाकोट २
प्रकाशमान सिंह – काठमाडौं १
सन्तोष चालिसे – काठमाडौं ३
गगनकुमार थापा – काठमाडौं ४
प्रदीप पौडेल – काठमाडौं ५
राजेन्द्रकुमार केसी – काठमाडौं १०
दुर्लभ थापा क्षेत्री – भक्तपुर २
उदय शम्शेर राणा – ललितपुर १
मोहनबहादुर बस्नेत – सिन्धुपाल्चोक २
राजेन्द्र बजगाई – गोरखा १
टेकबहादुर गुरुङ – मनाङ
रामचन्द्र पौडेल – तनहुँ १
शंकर भण्डारी – तनहुँ २
राजु थापा – स्याङ्जा १
धनराज गुरुङ – स्याङ्जा २
शशांक कोइराला – नवलपरासी(बर्दघाट सुस्ता पूर्व) १
विष्णुकुमार कार्की – नवलपरासी(बर्दघाट सुस्ता पूर्व) २
योगेश गौचन थकाली – मुस्ताङ
खमबहादुर गर्बुजा – म्याग्दी
चन्द्रकान्त भण्डारी -गुल्मी १
सुरेन्द्रराज आचार्य – कपिलवस्तु २
दिपक गिरी – दाङ ३
किशोरसिंह राठोर – बाँके ३
संजयकुमार गौतम – बर्दिया १
विनोद चौधरी – नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)
ऐनबहादुर शाही ठकुरी – मुगु
दिक्पालकुमार शाही – दैलेख
पूर्णबहादुर खड्का – सुर्खेत १
हृदयराम थानी – सुर्खेत २
बद्रीप्रसाद पाण्डे – बाजुरा
पुष्पबहादुर शाह – अछाम
वीरबहादुर बलायर – कैलाली ४
डिल्लीराज पन्त – कैलाली ५
दिलेन्द्रप्रसाद बडू – दार्चुला
शेरबहादुर देउवा – डडेल्धुरा
एनपी साउद – कञ्चनपुर २
रमेश लेखक – कञ्चनपुर ३
को को भए पराजित?
बलबहादुर केसी – सोलुखुम्बु
सुदीपनरसिंह केसी -बाँके २
सुनिलबहादुर थापा -धनकुटा
महालक्ष्मी उपाध्याय डिना -मकवानपुर १
खेलप्रसाद बुढा क्षेत्री -ताप्लेजुङ
विश्व पौडेल- चितवन १
उमेश श्रेष्ठ- चितवन २
भीमसेनदान प्रधान- काठमाडौं ६
पुष्पा भुसाल – अर्घाखाँची
पदमनारायण चौधरी – सिरहा १
नगेन्द्रकुमार – सर्लाही ४
उमाकान्त चौधरी – बारा १
भीष्मराज आङ्देम्बे – पाँचथर
देवेन्द्रराज कँडेल – नवलपरासी २
शिव हुमागाई – काभ्रे २
चित्रालेखा यादव – सिरहा २
कृष्णप्रसाद सिटौला – झापा ३
सुजाता कोइराला – मोरङ २
बालकृष्ण खाण – रुपन्देही ३
डम्बरबहादुर खड्का – इलाम २
ज्ञानबहादुर गाहा – पाल्पा १
विजयकुमार गच्छदार – सुनसरी ३
रामजनम चौधरी – कैलाली १
मो. फिर्दोस आलम – रौतहट २
अभिषेकप्रताप साह – कपिलवस्तु ३
सिताराम मेहता – सुनसरी २
सुरेन्द्र चौधरी – पर्सा ३
रामदेव साह तेली – सप्तरी १
भरतकुमार शाह -रुपन्देही ५
देउकुमार थेबे – झापा ४
प्रमोद यादव -रुपन्देही ४
किशोरदत्त बराल -कास्की १
अर्जुनप्रसाद जोशी – पर्वत
खगेन्द्रप्रसाद अधिकारी -झापा ५