BIZMANDU
www.bizmandu.com

अर्थतन्त्र जोगाउँ भन्दै अर्थमन्त्री भेट्न पुगे उद्यमी: गभर्नरले संबोधन नगरेपछि सरकारलाई सुझाव

२०७९ मंसिर १८

अर्थतन्त्र जोगाउँ भन्दै अर्थमन्त्री भेट्न पुगे उद्यमी: गभर्नरले संबोधन नगरेपछि सरकारलाई सुझाव
अर्थतन्त्र जोगाउँ भन्दै अर्थमन्त्री भेट्न पुगे उद्यमी: गभर्नरले संबोधन नगरेपछि सरकारलाई सुझाव


काठमाडौं। 'अर्थतन्त्र जोगाऔं' अभियान चलाइरहेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर मुलुकको अर्थतन्त्र जोगाउन आग्रह गरेको छ। 

Tata
Global Ime

केही दिनअघि पत्रकार सम्मेलन गरेर सरकार र राष्ट्र बैंक समस्याप्रति गम्भीर नहुने हो भने ठूलो संकटमा परिने जनाएको थियो। राष्ट्र बैंकले अर्थतन्त्र सुधारका लागि आफ्नो क्षेत्रबाट सक्ने काम पनि नगरेको भन्दै आक्रोशित रहेको महासंघले निर्वाचनपछि अर्थमन्त्री शर्मालाई भेटेको हो। 

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधि मण्डलले अर्थतन्त्रमा बहुुआयामिक असर परेको र  चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको जानकारी गराएको थियो।

अर्थमन्त्रीसँगको भेटवार्ताको क्रममा महासंघका अध्यक्षले राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र निजी क्षेत्र संकुचित हुदै गएको बताएका थिए।

निर्वाचनअघि पनि महासंघको टोलीले अर्थमन्त्री भेटेको थियो। त्यसपछि गभर्नर महाप्रसाद अधिकारीले उद्योगीका तीन वटै संगठनका अध्यक्षलाई डाकेर 'अर्थमन्त्रीलाई भनेर केही हुँदैन, राष्ट्र बैकको माग लिएर उता नजान' भनेका थिए। त्यसपछि गभर्नर तथा राष्ट्र बैंक प्रतिनिधिहरुसँग उद्ययमी छलफल थालेका थिए।

गभर्नर अधिकारीले पनि मौद्रिक समीक्षामार्फत मागको सम्बोधन गर्ने बताएका थिए। तर समीक्षाबाट गभर्नरले केही नगरेको भन्दै महासंघ आक्रोशित बनेको थियो। त्यही भएर महासंघको टोलीले अर्थमन्त्री भेटेको हो। 

प्रत्यक्ष अप्रत्यक्ष रूपमा बजारलाई नियन्त्रण गर्न शुरु भएको करिब एक वर्षको अवधिमा बहुआयामिक जोखिम बढेको हुँदा सरकार एवं केन्द्रिय बैंकले अर्थतन्त्र जोगाउन महासंघले सुझाव दिएको छ।

अर्थमन्त्रीलाई दिइएको सुझावमध्ये अधिकांश राष्ट्र बैंकसँग सम्बन्धित छन्। महासंघले चालु पुँजी मार्गदर्शन २०७९ को कार्यान्वयन कम्तीमा दुई वर्ष स्थगन गर्न भनेको छ।