काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आव २०७७/७८ को लागि प्रस्तावित लाभांश पारित गरेको छ। इन्स्योरेन्सले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर सभाले अनुमोदन गरेको हो।
कर प्रयोजनका लागि नगद पनि दिँदैछ। इन्स्योरेन्सले पर्याप्त फ्युचर बोनस प्रोभिजनिङ गरेर बीमितहरुलाई दिएको वोनस दरलाई निरन्तरता दिने बताएको छ।
सभामा कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहलेआम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ति गर्न अग्रणी भूमिका कम्पनीले निभाएको बताईन्।
इन्स्योरेन्सले नेपालगंज स्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण सुरु गरेको छ।