BIZMANDU
www.bizmandu.com

कसको नेतृत्वमा बन्ला सरकार? चुनावी समीक्षा र सरकार गठनबारे छलफल गर्न गठबन्धनको बैठक

२०७९ मंसिर १९

काठमाडौं। सत्ता गठबन्धनको बैठक सोमवार बस्दै छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो।

Tata
Global Ime

चुनावी परिणाम र नयाँ सरकार गठनबारे छलफल गर्न बैठक बस्न लागेको नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले जानकारी दिए। शनिवार र आइतवार माओवादी केन्द्रको पदाधिकारीको बैठक बसेको थियो।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र राष्ट्रिय जनमोर्चा छन्। लोसपाले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनसँग चुनावी तालमेल गरेको थियो।

मंसिर ४ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले ५७, माओवादी केन्द्रले १७, एकीकृत समाजवदीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन्। 

कांग्रेस र माओबादीले आ-आफ्नो नेतृत्वमा सरकार गठन हुनु पर्ने बताइरहेका छन्। यता एमाले पनि सरकार गठनका लागि अन्य दललाई आह्वान गरिरहेको छ।