BIZMANDU
www.bizmandu.com

एनएमबि बैंकको ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सिलबन्दी बोलकबोलबाट बिक्री हुने

२०७९ मंसिर १९

एनएमबि बैंकको ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सिलबन्दी बोलकबोलबाट बिक्री हुने
एनएमबि बैंकको ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सिलबन्दी बोलकबोलबाट बिक्री हुने

काठमाडौं। एनएमबि बैंकको ४४ हजार ६७१ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। सेयर बैंकले सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने जनाएको हो। 

Tata
Global Ime

इच्छुक संस्था वा व्यक्ति जो कोहीले बोलकबोलमा भाग लिन सक्नेछन्। विद्यमान संस्थापक सेयरधनी पनि सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।

सेयरको न्युनतम मूल्य बैंकले १८० रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन। न्युनतम पाँच हजार कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बैंकले मंसिर २६ गतेदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गर्ने जनाएको छ। बोलकबोलमा पुस ४ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ। बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक एनएमबि क्यापिटलबाट प्राप्त गर्न सकिनेछ।